Rule 91
महिला शिक्षिकाको पद रहने
(१) प्राथमिक विद्यालयमा तीन जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा एक जना, सात जनासम्म शिक्षक दरबन्दी भए कम्तीमा दुईजना र सोभन्दा बढी शिक्षक दरबन्दी भए कम्तीमा तीन जना महिला शिक्षिकाको पद रहनेछ ।
(२) यो नियम प्रारम्भ हुँदाका बखत पुरुष शिक्षक कार्यरत रहेको प्राथमिक विद्यालयमा कुनै कारणबाट शिक्षक पद रिक्त हुन आएमा उपनियम (१) को अधीनमा रही महिला शिक्षिका नियुक्ति गरिनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला उम्मेदवारद्वारा शिक्षक पदपूर्ति हुन नसक्ने भएमा सम्बन्धित अधिकारीले निर्देशकको सहमति लिई पुरुषलाई नियुक्ति गर्न सक्नेछ ।
(४) उपनियम (२) विपरीत कसैले शिक्षक नियुक्ति गरेमा जिल्ला शिक्षा अधिकारीले त्यस्तो नियुक्ति बदर गरी त्यसरी नियुक्त गर्ने निकाय वा अधिकारीलाई यस नियमावली बमोजिम कारबाही गर्न सक्नेछ ।